Sunday, April 26News That Matters

माओवादी केन्द्र प्रदेश १ को अध्यक्षमा मोहन खत्रीको पनि दावी

पूर्णपुष्टि, पुष १
माओवादी केन्द्र प्रदेश १ मा हाल सम्म नेतृत्वको टुँगो लाग्न सकेको छैन् । अध्यक्षको लागि दावेदार रहेको तिनै जना सहमतिको बाटोमा नरहेपछि कार्यदलै गठन समेत गरिएको थियो । हिजो दावी रहेका नेताहरुले दाबी छाडे सँगै उदयपुरका नेता तथा प्रदेश सदस्य मोहन बहादुर खत्री हेनरीले प्रदेश अध्यक्षमा आफ्नो पनि दावी रहेको जनाएको छ ।

खत्रीले आफ्नो अध्यक्षमा दाबी रहेको कुरा फेसबुक स्टाटस मार्फत जनाएको छ । उनले लेखेका छन, नेकपा (माओवादी केन्द्र) प्रदेश नं १ को प्रथम अधिबेशनको पदाधिकारी चयन सम्बन्धि छलफलको क्रममा हिजो दाबी गरिरहनु भएका केन्द्रीय सदस्य कमरेडहरुले दाबी छोडेको अबस्थामा मेरो पनि अध्यक्ष पदको लागी दाबी रहेको छ।

अब हामीले दाबी किन नगर्ने यो प्रदेशमा सिनियर क्याडर पनि हौ। जनयुद्धको प्रारम्भ देखि नै पुर्णकालिन भएर इतिहासले दिएको जिम्मेवारी निरन्तर पार्टीको अग्र मोर्चामा नै रहेर पार्टी संगठन र आन्दोलनको नेतृत्व गरेका छौ।

इतिहासले दिएको जिम्मेवारी सफलता पुर्बक पुरा गर्दै यहाँसम्म आएको छौ। हिजो पार्टीको केन्द्रिय जिम्मेवारी बहन गरिसकेका हामी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) पार्टी एकीकरण भएर नेकपा हुदा केन्द्रिय जिम्मेवारीमा नपारेर छुटेका मात्र हौ। अब प्रदेश पार्टीको नेतृत्व गर्ने जिम्मेवारी बिश्वास गरेर हामीलाई दिनुस प्रदेशको पार्टीलाई बिचार र संगठन दुबै दृष्टिकोणबाट नेतृत्व प्रदान गर्न सक्छौ ।