Wednesday, April 29News That Matters

माओवादी मजदुर पार्टीद्धारा किसानलाई कचिया वितरण

पूर्णपुष्टि, २१ बैशाख ।
माओवादी मजदुर पार्टीले मजदुर दिवसको अवसरमा किसानहरुलाई कचिया वितरण गरेको छ । मे १ को अवसरमा मनाईने १३६ औँ मजदुर दिवसको अवसर पारी खाटमन्दिर खोहरिया टोलका १२ घर परिवारलाई कचिया वितरण गरिएको पार्टीका प्रवक्ता जगत कटुवालले जानकारी दिए । माओवादी मजुर पार्टीले किसान र मजदुरहरुकै क्षेत्रमा आवाज उठाउने बताउँदै उनिहरुको आवश्यकतामा सहयोग पुराएको जनाए । पार्टीका संयोजक हिमाल ंिसह राईले आम मजदुरहरुको योगदान र सम्मानका लागि कचिया वितरण गरेको जनाए । विश्वलाई सुन्दर बनाउन मजदुरको मेहनत र संघर्षको सम्मानको लागि मजदुर दिवस महत्वपूर्ण दिनको रुपमा रहेको जनाए । कचिया पाएपछि किसानहरुले पार्टीलाई धन्यवाद दिएको छ ।