
पूर्णपुष्टि, भदौ १८
नेकपा माओवादी केन्द्र उदयपुर क्षेत्र नं १ को आज भदौ १८ गते बसेको बैठकले उम्मेदवारको सिफरिस गरेको छ । माओवादीले उदयपुर क्षेत्र नं १ का लागि मिन बहादुर ज्यु ठकुरी र किरण राईको नाम सिफारिस गरेको छ । यस्तै समानुपातिकतर्फ खगेन्द्र खड्का, दिल कुमारी पुलामी मगर र सागर वि.क.को नाम सिफारिस गरेको छ ।
प्रदेश निर्वाचन क्षेत्र उदयपुर क्षेत्र नं. १ (क) का लागि प्रत्यक्षमा चार जना राजन किराती, मणी खम्बु, रमन भट्टराई र मनोज तामाङ सिफारिस भएका छन् । यस्तै सोहि क्षेत्रको समानुपातिकका लागि ६ जनाको नाम सिफारिस भएको छ । जसमा सम्झना तामाङ, देव नायारण चौधरी , श्याम क्षेष्ठ, गेगासरी राई, खड्क बहादुर बि.क., राम कुमार र ललित राई रहेका छन् ।
यस्तै क्षेत्र नं १ (ख) को लागि प्रत्यक्षमा बिमला राई, मान ब.राई र पदम दाहाल गरी तिन जनाको नाम सिफारिस भएको छ भने समानुपातिकमा द्रोण पौडेल, गिता खड्का कार्की, कुरुङ राई, कमला राई कमला राई र रुपा तामाङको नाम सिफरिस भएको छ ।
