Tuesday, April 21News That Matters

माछा मार्न गएको पुरुषको डुबेर मृत्यु

पूर्णपुष्टि, मंसिर २०
झापाको गौरीगंज गाउँपालिका–२ पिण्डानघुटु स्थित खोलामा माछा मार्न गएका १ जना पुरुषको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा झापा गाउँपालिका १ का ३८ बर्षिय भिम सोरेन रहेका छन् ।
सोरेन शनिबार बेलुका माछा मार्न गएकोमा बिहानसम्म घर फर्कि नआएको भनि प्रहरीलाई खबर गर्नासाथ तत्काल प्रहरीको टोलिले खोजतलास गर्ने क्रममा हिजो साढे २ बजे खोलामा डुबी मृत अबस्थामा फेला परेको हो । घटना सबन्धमा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय गौरीगंजले जनाएको छ ।