
पूर्णपुष्टि, फागुन १६ ।अर्जेन्टिनाका सुपरस्टार फुटबलर तथा पेरिस सेन्ट जर्मेन (पिएसजि) का फरवार्ड लियोनल मेस्सिले दोस्रो पटक फिफाको सर्वश्रेष्ठ पुरुष खेलाडीको अवार्ड जितेका छन् । गएराति पेरिसमा भएको समारोहमा फ्रान्सका किलिएन एम्बाप्पे र करिम बेन्जामालाई उछिन्दै मेस्सिले सो अवार्ड हात पारेका हुन् ।
३५ बर्षीय मेस्सिले उपाधिको खडेरी तोड्दै अर्जेन्टिनालाई ३६ बर्षपछि विश्वकप जिताएका थिए । कतारमा भएको २०२२ को विश्वकपमा मेस्सिले ७ गोल र ३ असिस्ट प्रदान गर्दै गोल्डेन बल समेत हात पारेका थिए । सर्वश्रेष्ठ महिला खेलाडीको उपाधि भने स्पेनकी अलेक्सिया पुटेलसले जितेकी छन् ।
अर्जेन्टिनाका लागी तेस्रो पटक विश्कप जितेका मेस्सिले लामो समयदेखिको सपना पूरा भएको र साथिहरुको सहयोग बिना यो सम्भव नहुने बताएका छन् । यो अवार्ड जित्दा आश्चर्य लागेको र सम्मानित भएको महसुस भएको बताउँदै उनले भने, ‘मेरा साथीहरुविना म यहाँ हुने थिइनँ । म धेरै भाग्यशाली छु ।’
