Thursday, June 4News That Matters

मोरङको बेलबारीमा मेयर उम्मेदवारको गाडी आगजनी

पूर्णपुष्टि, वैशाख २३ गते ।
मोरङको बेलबारी नगरपालिकाबाट मेयर पदको उम्मेदवार रहेका खेमप्रसाद गौतमको गाडीमा आगजनी भएको छ । गौतमले राप्रपाबाट मेयर पदको दिएका थिए । बेलबारी–२ स्थित घरमै पार्किङ गरेर राखेको अवस्थामा बा १२ च ९३८४ नम्बरको कार आज बिहानपख आगजनी भएको प्रहरीले जनाएको छ ।
आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मेयरमा उम्मेदवारी दिएका गौतमले पार्टीको झण्डा तथा मेयर र उपमेयरका उम्मेदवारको फोटोसहितको ब्यानर राखेर उक्त कार प्रयोग गर्दै आएका थिए ।
प्रहरीले आगजनीमा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ समेत गरेको छ । सुन्दरहरैंचा नगरपालिका–१२ का अन्दाजी २८ वर्षीय सुवास पाण्डेलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका पाण्डे कांग्रेसका स्थानीय कार्यकर्ता हुन् । सीसीटीभी क्यामेरा फुटेजका आधारमा उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए ।