Sunday, April 19News That Matters

यात्रु दुर्ब्यवहार र बढि भाडा असुलीमा बस ट्राफिक नियन्त्रणमा

पूर्णपुष्टि, कार्तिक ८ ।
यात्रु दुब्र्यवहार तथा भाडा बढी लिएको उजुरीपछि जिल्ला ट्राफिक कार्यालय उदयपुरले एक यात्रुवाहक बस नियन्त्रणमा लिएको छ । मदनभण्डारी राजमार्ग हुदै विराटनगर–गाईघाट सञ्चालन हुने को १ ख ७१९९ नम्बरको सिमोन यातायात बस नियन्त्रणमा परेको हो ।
घरानदेखि बेल्टारसम्म सरकारले तोकेको भाडा १५६ रुपैया रहेकोमा २५० रुपैया भन्दा बढी असुल गरेको र भाडाको विषयमा विवाद हुँदा यात्रुहरुलाई दुब्र्यवहार गरेको उजुरी परेको छ । बसका मालिक स्वयम् पुष्पराज तिम्सिनाले बढि भाडा असुल गर्न खटिएको र यात्रुहरुलाई गालीबेइजती र दुब्र्यवहार गरेको आरोप छ ।
उजुरीपछि जिल्ला ट्राफिक इन्चार्ज प्रहरी निरिक्षक चन्द्रबहादुर खड्काले बसलाई नियन्त्रणमा लिएको बताउनुभयो । सो बसको मालिक र स्टापहरुलाई भोली बोलाइ आवश्यक कारवाही अगाढि बढाउने उहाँले बताउनुभयो । “बडि भाडा असुल तथा यात्रु दुब्र्यवहार गरेकोमा ट्राफिकले गर्ने कारवाही हुनेछ” उहाँले भन्नुभयो । पिडित यात्रुले दुब्र्यहारको उजुरी प्रहरीमा दिएमा थप कानुनी कारवाहीसमेत हुनेछ ।