Wednesday, April 22News That Matters

यामलको कीर्तिमानसँगै स्पेन युरो फाइनलमा

पूर्णपुष्टि, असार २६ । स्पेनले युरो २०२४ को फाइनलमा स्थान बनाएको छ। मंगलबार राति म्युनिखमा भएको सेमिफाइनल खेलमा स्पेनले फ्रान्सलाई २–१ गोल अन्तरले पराजित गर्‍यो।

फ्रान्सले रान्डल कोलो माउनीको गोलमार्फत शुरुवाती अग्रता लिए पनि स्पेनले लामिन यामल र डानी ओल्मोको गोलको मद्दतले पुनरागमन गर्‍यो। फ्रान्सका लागी रान्डलले ९औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए भने खेलको २१ औं मिनेटमा यामलले र २५ औं मिनेटमा डानीले गोल गर्दै स्पेनलाई फाईनलको यात्रा गराएको हो ।

१६ वर्ष ३६२ दिनको उमेरमा गोल गरेर यामलले युरोमा सबैभन्दा कम उमेरमा गोल गर्ने कीर्तिमान कायम गरे। अब स्पेनले फाइनलमा नेदरल्याण्ड्स र इंग्ल्याण्डबीचको विजेतासँग खेल्नेछ, जहाँ उनीहरूले चौथो पटक युरो च्याम्पियन बन्ने लक्ष्य राखेका छन्।