Thursday, May 14News That Matters

युएईमा जेल परेका १२० नेपालीलाई आममाफी

पूर्णपुष्टि, भदौ १ । संयुक्त अरब इमिरेट्स (युएई) ले विभिन्न कसुरमा जेल सजाय भोगिरहेका १२० नेपालीको कैद मिनाह गरेको छ ।

इस्लाम धर्मावलम्बीको महान् पर्व ईद अल–अदाहका अवसरमा जेल सजाय भोगिरहेका नेपालीको बाँकी सजाय अवधि मिनाहा गरी आममाफी प्रदान गरेको युएईस्थित नेपाली दूतावासले जनाएको छ ।

नेपाली दूतावास, अबुधावीले विज्ञप्ती जारी गर्दै ‘नेपालीहरूको कैद सजाय मिनाहा गरिएकामा’ संयुक्त अरब इमिरेट्स सरकारप्रति हार्दिक आभार व्यक्त गरेको छ ।