Friday, May 1News That Matters

रसुुवाबाट गाईघाट आउँदै गरेको ट्याक्टर दुर्घटना, चालक घाईते

पूर्णपुष्टि, २८ फागुन ।
रसुवाघाट बाट गाईघाट आउँदै गरेको ट्याक्टर दुर्घटना हुँदा चालक घाईते भएको छ । सोमबार त्रियुगा नगरपालिका १५ रातमाटे स्थित प्रदेश २–०१–००१ त ०९४२ नंम्वरको ट्याक्टर दुर्घटना हुँदा चालक खोटाङको खोटेहाङ गाउँपालिका ९ लिच्कि राम्चेका अन्दाजी ३० बर्षिय मनोज बिक घाईते भएको ट्राफिक कार्यालय उदयपुरले जनाएको छ । बिहान २ ः ३० बजेको समयमा आफै अन्यन्त्रित भै सडकबाट ५ सय मिटर तल खसेको जनाएको छ । चालक बिक अचेत अवस्थामा फेला पारी हस्पिटल पाठाईएको छ । भने अर्को एक जना सवार सकुसल रहेको जनाईएको छ ।