Thursday, May 7News That Matters

राष्ट्रपति निर्वाचनको मतदान स्थलमा मोवाईल लगे जफत गरिने

पूर्णपुष्टि, फागुन २५ । नेपालका लागि आज राष्ट्रपति चयन हुने तायारी भैरहेको छ । उक्त निर्वाचनका लागि मतदाताहरुले मतदान स्थलमा मोवाईल लैजान नपाउने बताईएको छ । यदि निर्वाचनका क्रममा मोवाईल फेला परे जफत गरिने र कानुन अनुसार कार्वाही गरिने जनाईएको छ । ‘मतदानस्थलमा मोबाईल लैजान प्रतिबन्ध छ, गोप्य मतदान भएकाले तस्विर खिच्न पनि प्रतिबन्ध छ, यसो गरेका पाईएमा कानुन अनुसार कसुर गरेको ठहरिनेछ,’ निर्वाचन अधिकृत महेश शर्मा पौडेलले भने, ‘साथै, लाइटर, हातहतियारजस्ता निर्वाचन आयोगले प्रतिबन्ध लगाएका कुनै पनि समान लैजान पाईने छैन ।ु