Friday, May 22News That Matters

राष्ट्रपतिले नवनियुक्त मन्त्रीहरुलाई गराए शपथ ग्रहण

पूर्णपुष्टि, चैत्र १७ ।राष्ट्रपतिले रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन् । आज राष्ट्रपति भवन शीतलनिवासमा भएको समारोहमा मन्त्रीहरुलाई शपथ ग्रहण गराएका हुन् ।

कांग्रेसका चार जना, नेकपा एकीकृत समाजवादीका २ जना, जनता समाजवादी र जसपाबाट १–१ जना र आफ्नो दल माओवादीका १ जना र नागरिक उक्मुक्तिबाट १ जनासहित १० मन्त्रीलाई प्रधानमन्त्रीले शुक्रबार नियुक्ती गराएका हुन् । कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षामन्त्री भएका छन् भने डा. प्रकाशशरण महत अर्थ, रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्ति र सीता गुरुङ शहरी विकासमन्त्री भएकी छन् ।

जनता समाजवादी पार्टीको सिफारिसमा अशोक राई शिक्षा विज्ञान तथा प्रविधिमन्त्री भएका छन् । यस्तै एकीकृत समाजवादीका उपाध्यक्ष वेदुराम भुसाल कृषि तथा पशुपक्षी विकास र उपमहासचिव प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायातमन्त्री नियुक्त भएका छन् ।

माओवादी केन्द्रबाट उपमहासचिव शक्ति बस्नेत ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री बनेका छन् भने नागरिक उन्मुक्तिकी रञ्जिता श्रेष्ठ भूमि व्यवस्था मन्त्री भएकी छन् । आज नियुक्त भएका मन्त्रीहरुले मात्र शपथ ग्रहण गरेका हुन् भने पुष ११ मा उपप्रधानमन्त्री तथा भौतिक पूवाधार मन्त्री बनेका नारायणकाजी श्रेष्ठलाई गृहमन्त्रालयको जिम्मेवारी दिईएको छ ।