
पूर्णपुष्टि, असार ७ । राष्ट्रिय स्वतन्त्र पाटी ‘रास्वपा’ ले अनिल केशरी शाहलाई प्रशिक्षण विभागको प्रमुखमा नियुक्त गरेको छ । पूर्व बैंकर शाहलाई आज बसेको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले विभागको जिम्मेवारी दिएको केन्द्रिय सदस्य गणेश कार्कीले जानकारी दिए ।
पार्टी सभापति लामिछानेले शाहलाई दलको लोगो लगाएर जिम्मेवारी प्रदान गरेका थिए। नबिल बैंक, मेगा बैंकको प्रमुख कार्यकारी अधिकृत भईसकेका शाह केही दिनअघि रास्वपा प्रवेश गरेका थिए ।
