
पूर्णपुष्टि,वैशाख ११ । आइतबार तनहुँ १ मा सम्पन्न भएको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको मतगणना जारी छ । जिल्ला समन्वय समितिको सभाहलमा दुई ठाउँमा मतगणना कार्य जारी छ । आज बिहान साढे सात बजेसम्म २० प्रतिशतभन्दा बढी मत गणना भइसकेको छ । कुल ६३ हजार ७ सय ५७ मत खसेको तनहुँमा अहिलेसम्म १३ हजार ६५ मत गणना भएको छ ।
प्राप्त पछिल्लो मत परिणाममा तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डा स्वर्णिम वाग्लेले दोब्बर भन्दा बढी मतले अग्रता लिएका छन्। गए राति ११ः४५ बजेदेखि मतगणना सुरु भएकामा आज बिहान ९ः२० बजेसम्म १६ हजार ३४२ मतगणना हुँदाको नतिजाअनुसार रास्वपाका डा वाग्लेले ९ हजार १९८ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका गोविन्द भट्टराईले ३ हजार ८०३ र नेकपा एमालेका सर्वेन्द्र खनालले २ हजार ४३० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले जानकारी दिए ।
