
पूर्णपुष्टि, वैशाख ३१ ।
उदयपुरको रौतामाई गाउँपालिकाको वडा नं. १ मा एमालेका वडाध्यक्ष उम्मेदवार रुद्रबहादुर कार्कीसहितको प्यानल विजयी बनेको छ । स्थानीय तहको हिजो सम्पन्न निर्वाचनबाट वडा नं. १ मा नयाँ जनप्रतिनिधिहरु चयन भएका हुन् ।
कार्कीले निकटतम प्रतिष्पर्धीलाई १३६ को मतान्तरमा ४२६ मत प्राप्तगरी विजय हाँसिल गरेका हुन् । वडाको खुल्ला सदस्यहरुमा तिलकबहादुर खड्का, मंगलबहादुर तामाङ विजयी भएका छन् । महिला सदस्यमा ज्ञानकुमारी मगर विजयी बनेका छन् भने यसअघि दलित महिला सदस्यमा फुलमाया विश्वकर्मा दियाली सर्बसहमत बनिसकेकी छिन् ।
सो पालिकामा पालिका अध्यक्ष र उपाध्यक्षमा एमाले नै अग्रस्थानमा रहेको छ । वडा नं. १ बाट एमालेका अध्यक्ष उम्मेदवार भरतबहादुर थापाले ३८६ मत प्राप्त गरेका छन् भने उपाध्यक्षमा कुमारी रानाज्यू ठकुरीले ३८३ मत प्राप्त गरेकी छिन् । निकटतम प्रतिद्वन्द्वि गठबन्धनको अध्यक्ष उम्मेदवार नेकपा माओवादी केन्द्रका विरेन्द्र मगरले ३२९ मत र उपाध्यक्ष भुपेन्द्र थापाले २४३ मत पाएका छन् ।
