Tuesday, April 21News That Matters

लिम्चुङबुङ गाउँपालिकाले ल्यायो ४३ करोड १० लाख बढी बजेट

पूर्णपुष्टि, ११ असार ।
उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले ४३ करोड १० लाख ९८ हजार २२६ रुपयाँ बजेट पारित गरेको छ । मंगलबार पालिकाको निति तथा कार्यक्रमबाट आगामी आर्थिक बर्ष २०८२÷०८३ को लागि उक्त बजेट पारित गरेको हो । पालिकाले पर्यटन, कृषि, शिक्षालाई विशेष प्राथमिक्ता राखेर बजेट सार्वजनिक गरेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले विशेषगरी आगामी आर्थिक बर्ष विगत झै पूर्वाधार विकासलाई समेत विशेष जोड दिईने जनाएको छ । पालिका अध्यक्ष मेजर कुमार राईले जनपक्षिय बजेट पारित गर्न सफल भएको जनाए । पालिकाको सबै क्षेत्रहरुलाई समेट्ने खाले बजेट निर्माण गरिएको अध्यक्ष राईका दावी छ । राईले उक्त बजेट पारित गर्नका लागि लिम्चुङबुङका जनता र पालिका विकास गर्ने प्रतिनिधिहरु सहितको उपस्थिति रहेको हुँदा बजेट सफल तरिकाले कार्यन्वयन हुने विश्वास राखेको छ ।