Thursday, June 4News That Matters

लिम्चुङबुङको बागी उम्मेदवार होम किराँतीलाई माओवादी केन्द्रले गर्यो निलम्बन

पूर्णपुष्टि, वैशाख २१ ।
लिम्चुङबुुङ गाउँपालिकामा टिकट नपाएपछि वागी उठेका नेकपा माओवादी केन्द्रका होम किराँतीलाई पार्टीले निलम्बन गरेको छ । किराँती आफुले टिकट नपाएपछि स्वतन्त्रबाट उम्मेदवारी दिदै वागी उठेका थिए । गठबन्धनको तर्फबाट आधिकारिक उम्मेदवारका लागि पालिका अध्यक्षमा टिकट मेजरकुमार राई (मिजास) ले पाएपछि असन्तुष्ट हुदै किराँतीले वागी उम्मेदवार दिएका थिए । पार्टीको प्रदेश र केन्द्रबाट आधिकारिक उम्मेदवार विरुद्धको उम्मेदवारी फिर्ता लिन निर्देशन गरेपनि किरातीले निर्देशन पालना नगरेपछि अनुशासनको डण्डा चलाउदै निलम्बन गरेको हो ।
नेकपा एमालेको असंवैधानिक हर्कतहरुलाई उठ्न नदिने भन्दै विभिन्न पाँचदलले देशभर गठबन्धन गरेको हो । तर किराँतीले एमालेको असंवैधनिक हर्कतलाई टेवा पुग्नेगरी पार्टी विपरित कदम चालेकाले निलम्बन गर्नुपरेको पार्टीले जनाएको छ ।
उनीसहि जिल्ला ११ जनालाई पार्टीले अनुशासनको डण्डा चलाएको छ । कोही वागी उठ्ने, कोही बागी उठ्न उक्साउने र पार्टी विरुद्ध गतिविधि गरेकाहरुलाई पार्टीले कारवाही अगाडी बढाएको हो । उनीहरुलाई वैशाख १९ गते पार्टीको प्रदेश कमिटिले निलम्बनसहित कारवाही अगाडी बढाएको हो ।