Saturday, June 13News That Matters

लुटपाटमा संलग्न ३ जना पक्राउ

पूर्णपुष्टि, असोज ११ गते ।
ईलामको माई नगरपालिका–४ की ८० वर्षीया वृद्धा सरस्वती पुलामी मगरको सुन तथा नगद लुट्पाट गर्ने तीनजना पक्राउ परेका छन् । जिल्लाको मेचिनगर–३ झापाका २५ बर्षीय कुमार मगर, ३१ बर्षीय मनोराज राई र अर्जुनधारा नगरपालिका–३ का ३४ बर्षीय सन्तोष मगर पक्राउ परेका हुन् ।
आईतवार बिहान ६ बजे बृद्धाले कान तथा घाँटीमा लगाएका बिभिन्न प्रकारका सुनका गहनाहरु र नगद समेत लुटपाट भएको भन्ने सूचना पाए संगै प्रहरी चौकी दानावारीबाट खटिएको प्रहरी टोलीले चोरीमा संग्लग्न रहेका उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका उनीहरुको साथबाट सुनका गहना र नगद ४४ हजार ३ सय १३ रुपैयासहित पक्राउ गरेको हो । पक्राउ पक्राउ परेकाहरुको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय ईलामले थप अनुसन्धान अगाडी बढाएको छ ।