Wednesday, April 22News That Matters

लुम्बिनी प्रदेश सरकार संकटमा

पूर्णपुष्टि, असार १९ । नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता सहकार्य गर्ने सहमति बनेपछि लुम्बिनी प्रदेश सरकार संकटमा परेको छ । माओवादी केन्द्रको नेतृत्वमा रहेको लुम्बिनी प्रदेश सरकारको भविष्य अन्योलमा परेको हो ।

मुख्यमन्त्री जोखबहादुर महराले विकल्पबारे तत्काल निर्णय नभएको बताउँदै संघमा प्रधानमन्त्री प्रचण्डले अपनाउने प्रक्रियानुसार अघि बढ्ने संकेत गरेका छन्।माओवादी मुख्य सचेतक ईन्द्रजीत थारुले सरकार छाड्नुपर्ने अवस्था भए पनि राजीनामा दिने वा विश्वासको मत लिने विषयमा छलफल बाँकी रहेको बताए।

एमालेका मन्त्रीहरू केन्द्रको निर्देशन पर्खिरहेका छन्। एमालेका ५ जना मन्त्री लुम्बिनी सरकारमा छन्। लुम्बिनी प्रदेशसभामा एमालेको २९ र कांग्रेसको २७ गरी ५६ सांसद छन्, जसमा बहुमतका लागि ४४ सांसदको समर्थन आवश्यक हुन्छ । केन्द्रको सहमति अनुसार लुम्बिनी प्रदेशमा एमालेले नेतृत्व गर्ने छ।