Wednesday, September 2News That Matters

वसन्त बस्नेतको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी

पूर्णपुष्टि, वैशाख १९ गते ।
त्रियुगा नगरपालिकामा नेपाली काङ्ग्रेसको तर्फबाट मेयर पदको उम्मेदवार बनेका वसन्त बस्नेतको उम्मेदवारी खारेज गर्नुपर्ने माग गर्दै उजुरी परेको छ । एमालेबाट मेयर पदका उम्मेदवार बनेका भागबत राउतले एपेक्स इन्द्रेणी जे.भि को प्रोपाइटर बस्नेतले आन्तरिक राजस्व कार्यालय लहानमा कर चुक्त गर्न बाकी रहेकाले निजको उम्मेदवारी खारेजी गर्न भन्दै मुख्य निर्वाान अधिकृतको कार्यलय उदयपुरमा उजुरी गरेका हो । उनको उजुरीमा भनिएको छ “स्थानीय निर्वाचन ऐनको दफा १४ (२) बमोजिम गरि १४ (१) अनुसार उम्मेदवारी रद्द गरिपाउ ।”
मुख्य निर्वाचन अधिकृतको कार्यलयमा गरिएकी उजुरिमा आन्तरिक राजस्व कार्यलयको कर चुक्ता नगरेको दाबी गर्दै बस्नेत उम्मेदवार हुन अयोग्य रहेको भन्दै निजको उम्मेदवारी नै खारेज हुनुपर्ने दलिल पेस गरिएको छ ।