Tuesday, April 21News That Matters

वानएक्स बेटमा सट्टेबाजी र विज्ञापन गरेको अरोपमा कलाकार ‘बल्छी ध्रुबे’ सहित ८ जना पक्राउ

पूर्णपुष्टि, जेष्ठ ३२ । वानएक्स बेट एपमा सट्टेबाजी र विज्ञापन गरेका आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ ।
प्रतिबन्धित अनलाइन बेटिङ एपमा सट्टेबाजी र विज्ञापन गरेको आरोपमा नेपालका चर्चित कलाकार ‘बल्छी ध्रुबे’ नामले चर्चित कलाकार मरिचमान श्रेष्ठ समेत पक्राउ परेको प्रहरी स्रोतले जनाएको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आठ जनालाई पक्राउ गरेको स्रोतले जनाएको छ । हाल प्रहरीले पक्राउ परेकाको नाम गोप्य राखेको छ भने म्याद थप गरी सार्वजनिक गर्ने तयारी गरिरहेको छ।

पक्राउ पर्ने कलाकारहरुले प्रोमो कोड प्रयोग गरी युटुवमार्फत विज्ञापन गरेको आरोप छ । युटुवर र कलाकारहरुले प्रतिबन्धित एपको विज्ञापन गरी युवापुस्तालाई बेटिमा आकर्षण गरेको भन्दै कार्यालयले अपरेसन चलाएको हो। बुधबार बेटिङका पाँच एजेन्टलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको थियो भने ती पाँच जनाले मात्रै ७४ करोडको कारोबार गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको हो।