
पूर्णपुष्टि, जेष्ठ १७ । विश्व बैंकले नेपाललाई करिब १६ अर्ब रुपैयाँ (१२० मिलियन अमेरिकी डलर) सहूलियतपूर्ण ऋण दिने भएको छ भने पौने ३ अर्ब (१९.७ मिलियन अमेरिकी डलर) बराबरको अनुदान समेत उपलब्ध गराउने भएको छ ।
नेपाललाई १६ अर्ब सहुलियतपूर्ण ऋण अन्तर्राष्ट्रिय विकास संघबाट प्राप्त हुने छ भने विद्यालय क्षेत्र रुपान्तरण कार्यक्रम अन्तर्गत शिक्षा क्षेत्रको लागी दिन लागेको ३ अर्ब अनुदान ग्लोबल पार्टनरसीपबाट पाउने छ । शिक्षा क्षेत्रमा खर्च हुने उक्त सहायता सम्बन्धी सम्झौतामा बुधबार अर्थसचिव अर्जुनप्रसाद पोखरेल र विश्व बैंकका देशीय निर्देशक फारिस हदाद–जेर्भोसले हस्ताक्षर गरेका छन् ।
