
पूर्णपुष्टि, असार १८ । दोस्रो उप–मेयर गोल्डकप महिला फुटबल प्रतियोगिता २०८०–०८१ को उपाधि बागमती युवा क्लब सर्लाहीले जितेको छ। मंगलबार त्रियुगा नगरपालिका–१३ स्थित थारुहट रंगशालामा भएको फाइनलमा सर्लाहीले धरान महिला फुटबल क्लब सुनसरीलाई १–० गोलले पराजित गर्यो।
खेलको १८ औं मिनेटमा सर्लाहीकी विष्णु बलले गरेको एकमात्र गोल जितको लागि निर्णायक बन्यो। उनले यस प्रदर्शनका लागि प्लेयर अफ द म्याच पुरस्कार पनि प्राप्त गरिन्। विजेता सर्लाहीले नगद रु. १ लाख १० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेता धरानले नगद रु. ५५ हजार सहित पुरस्कार प्राप्त गर्यो ।
अन्य पुरस्कारहरु :
सर्वोकृष्ट खेलाडी:समिक्षा मगर (धरान)
इमर्जिङ प्लेयर:सुम्निमा राई (गाईघाट)
बेस्ट गोल किपर:उषा थापा (सर्लाही)
बेस्ट मिडफिल्डर:प्रतिक्षा राई (धरान)
टप स्कोरर:पूर्णिमा राई (गाईघाट)
यस प्रतियोगिताले महिला फुटबलको विकासमा महत्त्वपूर्ण योगदान पुर्याएको छ र खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गरेको छ।

