Saturday, June 20News That Matters

वैकल्पिक माध्यमबाट परीक्षाको माग गर्दै कटारीका एक कलेजमा तालाबन्दी

पूर्णपुष्टि, साउन ३१

वैकल्पिक माध्यमबाट परीक्षाको माग गर्दै प्राकृति श्रोत व्यवस्थापन कलेज कटारी तालाबन्दी गरिएको छ ।

वैकल्पिक माध्यमबाट परीक्षाको माग गर्दै कृषि तथा वन  विज्ञान विश्वविद्यालयको वन शंकायका विद्यार्थीहरुले प्राकृति श्रोत व्यवस्थापन कलेज कटारीमा तालबन्दी गरेका हुन् ।

विद्यार्थीले वैकल्पिक माध्यमबाट परीक्षा सञ्चालन गर्न माग गर्दै कृषि तथा वन विज्ञान विश्वविद्यालय, वन संकाय हेटौंडाको डिन कार्यालय र प्राकृति श्रोत व्यवस्थापन कलेज कटारी उदयपुरमा तालाबन्दी गरेको जानकारी दिएका छन् । प्राकृति श्रोत व्यवस्थापन कलेज उदयपुर कटारीमा शुक्रबार नेपाल विद्यार्थी संघ, अनेरास्ववियु९क्रान्तिकारी० र अनेरास्ववियुले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै तालबन्दी गरेका छन् ।

परीक्षाको तयारी गरिरहेका विद्यार्थीमा कोभिड संक्रमण देखिनेक्रम बढ्दै गएपछि भौतिक उपस्थितिमा परीक्षा सञ्चालन नगर्न माग गरिएको छ । गएको साउन २५ र २८ गते संयुक्त विद्यार्थी संगठनले जारी विज्ञप्ति जारी परीक्षा नगराउन ध्यानआर्षण गराएको थियो । तर, वेवास्ता गरिएकाले तालाबन्दी  आन्दोलित विद्यार्थीको भनाइ छ ।

प्राकृति श्रोत व्यवस्थापन कलेज कटारीका प्रिन्सिपलको कक्षसहित सम्पूर्ण शाखामा मागहरु पूरा नहुँदासम्मका लागि सम्पूर्ण गतिविधि ठप्प हुने गरि तालाबन्दी गरिएको  कृषि तथा वन विज्ञान विश्वबिद्यालय प्राकृतिक श्रोत ब्यबस्थापन कलेज कटारी अनेरास्ववियु ९क्रान्तिकारी० का अध्यक्ष बिशाल भण्डारीले जानकारी दिनु भयो ।भण्डारीले लिखित सम्झौता गरेर माग पूरा नभएसम्म डिन कार्यालयमा तालबन्दी गरिने दाबी गर्नु भएको छ । ‘हाम्रो मागहरु पूरा नहुँदासम्मका लागि सम्पूर्ण गतिविधि ठप्प हुने गरि तालाबन्दी गरेका छौँ,’ उहाँले भन्नु भयो, ‘सरकारले हाम्रो माग सम्बोधन गरेन भने अझ सशक्त ढंगले आन्दोलनको कार्यक्रम घोषणा  गरेर अगाडि बढ्ने छौँ ।’

विज्ञप्तिकामा आधारभूत माग क्याम्पस प्रशासनले सम्बोधन नगरेको र अहिलेको विषम परिस्थितिमा भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्ने वातावरण नरहेको जिकिर गरिएको छ ।

संयुक्त विद्यार्थी संगठनले कोभिडको तेस्रो लहरको जोखिम बढिरहेको अवस्थामा सिकिस्त बिरामी भएका विद्यार्थीहरुलाइ वेवास्ता गरी गैर जिम्मेवार ढंगले  विश्वविद्यालय अघि बढेको आरोपसमेत लगाइएको छ ।