Saturday, May 30News That Matters

शान्ति सुरक्षा कायमका लागि नियम पालना गर्न प्रशासनको अपिल

पूर्णपुष्टि, २५ भदौ ।
जिल्ला प्रशासन कार्यालय उदयपुरले पछिल्लो देशको परिघटनालाई लिएर शान्ति सुरक्षा कायम गर्न आवश्यक रहेको जनाएको छ । विसम परिस्थितिलाई निर्मल गर्ण सेनाको सुरक्षालाई पालना गर्न आह्वान गरिएको छ । अत्यावश्यक सेवा बाहेक अन्य काम कार्वाहीमा तत्काल नलाग्न प्रशासनको आग्रह छ । निषेधञा र कर्फ्युलाई समय सम्मै पालना गरी शान्ति कायम गर्न भनिएको छ । अब उप्रन्त आन्दोलनको नाममा चोरी डकैती, लुटपाट तोडफोड र आगजानी जस्ता कार्य गर्न गराउन नपाईने भनिएको छ ।