Tuesday, June 9News That Matters

संञ्चारकर्मीलाई जिल्लाबाटै तत्काल सूचना प्रभाव गर्न प्रहरी नायव माहानिरिक्षक खापुङको निर्देशन

पूर्णपुष्टि, ४ फागुन ।
संञ्चारकर्मीरुलाई जिल्लाबाटै तत्काल प्राररम्भिक सूचना प्रवाह गर्न कोशी प्रदेश प्रहरी प्रमुख (प्रहरी नायव माहारिक्षक) चन्द्र कुवेर खापुङले निर्देशन दिएको छ । शुक्रबार गाईघाट स्थित संञ्चारर्कीहरु सँगको भेटघाटमा उदयपुरका प्रहरी प्रमुख (प्रहरी उपरिक्षक) एसपी रमेश थापालाई जिल्लाको घटनाहरुलाई तत्काल संञ्चारकर्मीहरुलाई प्रारम्भिक सूचना दिन निर्देशन दिएको हो ।

जिल्लामा घटेका घटनाहरु पहिले जिल्लाबाट आउनु पर्नेमा प्रदेश प्रहरीबाट आउने भन्दै संञ्चारकर्मीहरुले जिज्ञासा राखेपछि त्यसलाई सहजीकरण गर्न उदयपुर प्रहरीलाई निर्देशन दिईएको हो । खापुङ जिल्ला प्रहरी कार्यालय उदयपुरले आयोजना गर्न लागेको लागु औषाध नियन्त्रण अभियान अन्तर्गत “आई डियर नो ड्रग तथा से नो टु ड्रग” कार्यक्रममा सहभागी हुन उदयपुर आएका थिए । सोही क्रममा जिल्लाबाटै तत्काल सूचना पठाउन निर्देशन दिएको हो ।

उनले प्रहरी र संञ्चाकर्मिहरुबीच नजिकको सम्बन्ध रहनु पर्ने बताए । जे कुरा हो त्यो सत्य लेख्नु पर्ने भन्दै प्रहरीको पनि गलत कुराहरु लुकाउन जरुरी नरहेको र गलतहिन कुराहरु प्रचार गर्न पनि जरुरी नरहेको जनाए । गाईघाटमा शुक्रबार लागु औषाध नियन्त्रण कार्यक्रममा कलकार, स्थानीय सरकार, त्रियुगा उद्योग बाणिज्य संघ, संञ्चारकर्मी, अभिभावक लगायतको उपस्थिति रहने छ । जुन कार्यक्रम नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी अतिरिक्त माहानिरिक्षक टेक प्रसाद राईको प्रमुख आथित्यतामा हुने भएको छ । कार्यक्रममा र्यापर लाउरे लगायतका कलकारहरुले लागु औषाध बारे आफ्नो अनुभव र सचेतनाका बिषयमा बोल्ने छ । कार्यक्रम दोस्रो प्रदेश महोत्सव त्रियुगा बसपार्कमा हुने भएको छ ।