
पूर्णपुष्टि, असार १९ । संसदिय समितिको सभापति चयनको प्रकृया अघि बढाउन प्रमुख तीन दलका शिर्ष नेताबिच सहमती भएको छ ।
मंगलबार सिंह दरबारमा नेकपा माओवादी अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), नेपाली काग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सभामुख देवराज घिमिरेबिच भएको बैठकमा उक्त प्रकिया अघि बढाउन सहमत भएको कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले जानकारी दिए ।
संसदीय गतिविधिलाई स्थरिय, प्रभावकारी, गतिशिल बनाउने भन्नेबारेमा शिर्ष नेतासँग छलफल भएको राष्ट्रिय सभाका सभामुख देवराज घिमिरेले बताएका छन् । लामो समयदेखी संसदिय समितिहरुको नेतृत्व निर्माण नभएको र जेष्ठ संसदको अध्यक्षतामा सञ्चालन भईरहेको परिस्थितिलाई तुरुन्त अन्त्य गर्न दलका नेताहरुलाई सहमति जुटाउन आग्रह गरेका थिए ।
‘चुनाव गर भन्नुहुन्छ कि मिलाउनुहुन्छ ? मिलाउनुहुन्छ भने तुरुन्त मिलाउनुस्’ बैठकमा राजनिति दलका शिर्ष नेताहरुसँगको छलफलपछि पत्रकारसँग कुराकानी गर्दै सभामुख घिमिरेले भने ‘यदी तपाईहरुले गर्नुभएन भने मैले आफ्नो स्टेप चाल्नुपर्ने हुन्छ ।’ संसदमा गर्ने गतिविधिहरु दलहरु मार्फत हुने भएको कारण यस विषयमा आफु मात्र जिम्मेवारी नभएर राजनिति दलका नेताहरु पनि गम्भिर बन्नु पर्ने उनले बताए । नेतृत्व चयनको काम तुरुन्तै गर्ने कुरा भएको र दलहरुले सभापति चयन प्रक्रिया अघि बढाउन म्यान्डेट दिएको उनले बताए ।
कानुनमन्त्री गुरुङले संसदीय समिति सभापतिका विषयमा पुरानै सहमति कार्यान्वयन हुने र निर्वाचन प्रक्रिया कसरी अगाडि बढाउने भन्ने विषयमा सभामुखले दलका प्रमुख सचेतकहरुसँग छलफल गर्ने बताएका छन् ।
