Wednesday, April 22News That Matters

सरकार ढल्ने त के, ढलपल पनि हुँदैन : प्रधानमन्त्री ओली

पूर्णपुष्टि, साउन १५ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार स्थिर रहने र यसको स्थायित्वबारे चिन्ता नगर्न आग्रह गरेका छन्। मंगलबार सचिवहरुलाई निर्देशन दिने क्रममा उनले भने, ‘यो सरकार ढल्ने त के ढलपल पनि हुँदैन।’

प्रधानमन्त्री ओलीले नेपाली कांग्रेस र नेकपा एमालेले कर्तव्यबोध गरेर यो सरकार बनाएको बताए। उनले आफ्नो नेतृत्वमा सरकार २ वर्ष चल्ने र त्यसपछि शेरबहादुर देउवाको नेतृत्वमा जाने स्पष्ट पारे। ‘यो सरकार मेरो नेतृत्वमा २ वर्ष चल्ने हो। २ वर्ष पुग्नुभन्दा एक हप्ता अगाडि नै मैले राजीनामा गरिसकेको हुन्छु। गर्छ कि गर्दैन भन्ने कुनै दुविधा हुन्न,’ उनले भने। ‘यसपछि शेरबहादुरजीको नेतृत्वमा जाने हो।’