Friday, May 1News That Matters

सर्पदंशबाट बालिकाको मृत्यु, आमाको अवस्था गम्भीर

पूर्णपुष्टि, साउन ३० । दाङको घोराही उपमहानगरपालिका-६ गुरुवागाउँमा सर्पदंशबाट एक बालिकाको मृत्यु भएको छ भने उनकी आमाको अवस्था गम्भीर रहेको छ।

दाङका प्रहरी प्रवक्ता रामप्रसाद तिमिल्सिनाका अनुसार गए राति सर्पले डस्दा ६ वर्षीया इन्दु चौधरीको मृत्यु भएको हो। बालिकाकी आमा २५ वर्षीया आश्मा चौधरीको अवस्था गम्भीर रहेको र उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। प्रहरी प्रवक्ता तिमिल्सिनाले सर्पले डसेपछि तत्काल अस्पताल नलगी झारफुकमा समय खेर फालेका कारण बालिकाको मृत्यु भएको जानकारी दिए।