
पूर्णपुष्टि, साउन १४ । सहकारी बचत अपचलन प्रकरणमा पूर्व उपप्रधानमन्त्री रवि लामिछाने पनि मुछिएको संसदीय छानबिन समितिले जनाएको छ। समितिका सदस्यहरूका अनुसार लामिछानेलाई केही दिनभित्रै सोधपुछका लागि बोलाउने तयारी भइरहेको छ।
समितिले गोरखा मिडिया नेटवर्कबाट केही कागजातहरू मागेको र ती प्राप्त हुनासाथ लामिछानेलाई बोलाइने जनाइएको छ। लामिछानेलाई गोरखा मिडिया नेटवर्कको तत्कालीन प्रबन्ध निर्देशकको हैसियतमा बोलाइने समितिका सदस्यले बताए। यसअघि नै सार्वजनिक भएका तथ्यहरू अनुसार लामिछाने प्रबन्ध निर्देशक रहँदा गोरखा मिडिया नेटवर्कमा विभिन्न सहकारीहरूको करिब ८० करोड रुपैयाँ अपचलन भएको देखिएको छ।
समितिका सभापति सूर्य थापाका अनुसार अहिलेसम्म धेरै व्यक्तिहरूसँग सोधपुछ गरिसकिएको र अझै करिब दुई दर्जन व्यक्तिहरूसँग सोधपुछ गर्ने योजना रहेको छ। गृहमन्त्री रमेश लेखकले समितिको सुझावलाई सरकारले कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। समितिले आफूलाई दिइएको तीन महिनाको समयसीमा भित्रै काम सक्ने लक्ष्य राखेको छ।
