
पूर्णपुष्टि, फागुन २४ ।प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड) ले सातवटै प्रदेशमा निःसन्तान उपचार सेवा र वडास्तरमा नवजात शिशु स्याहार केन्द्रको स्थापना गरिने बताएका छन् । ११३औं अन्तर्राष्ट्रिय महिला दिवस मुल समारोह समितिले बुधबार आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले सो कुरा बताएका हुन् ।
दाहालले भने महिलाहरुमा देखिने पाठेघर र स्तन क्यान्सरको सिघ्र पहिचान र उपचारलाई निःशुल्क गरेर विशेष कार्यक्रमको रुपमा सेवा विस्तार गरिने समेत बताएका छन् । पाठेघरको क्यान्सर रोकथामको लागि ९ देखि १३ वर्षका बालिकालक्षित एचपीभी खोप कार्यक्रमलाई देशव्यापी विस्तार गर्ने समेत उनले बताएका छन् । महिला नवप्रवर्तन र स्वरोजगार संयन्त्र निर्माण गर्ने समते उनले जानकारी दिए ।
