Thursday, May 21News That Matters

सामुदायिक वन महासंघकाे स्थापना दिवसमा वनमन्त्रीलाई सम्मान

पूर्णपुष्टि, जेठ १८

सामुदायिक वन उपभाेक्ता महासंघ, जिल्ला महासंघ उदयपुरले २९ ओैं स्थापना दिवसमा पर्यटन वन तथा वातावरण मन्त्री नारायण बुर्जा मगरलाई आज सम्मान गरेकाे छ ।
महासंघका पूर्वअध्यक्षसमेत रहेका मन्त्री बुर्जामगरलाई दाेसल्ला ओढाई सम्मान गरिएकाे हाे । महासंघले सम्मानपत्रसमेत प्रदान गरेकाे थियाे । काेशी प्रदेश उपसभामुख सिर्जना दनुवारले कदरपत्र प्रदान गर्दै मन्त्रि बुर्जा मगरलाई सम्मान गर्नुभयाे ।
“वनकाे दिगाे ब्यवस्थापन र सामुदायिक अधिकार, सुशासन र हरित अर्थतन्त्र समृद्धिकाे आधार” भन्ने नाराका साथ आयाेजित कार्यक्रममा सामुदायिक बनकाे याेगदानकाे चर्चा गरिएकाे थियाे ।
कानुनी जटिलताका कारण पानमा दर्ता हुन नसकेका वन समुहहरुलाई यसवर्षकाे फागुन मसान्तसम्म सरल प्रक्रियाकाे अबसर रहेकाे जनाईएकाे छ साथै वन डिभिजनले लगाएका केही अंकुश हटाउनेतर्फ लाग्ने बताईएकाे छ।
कार्यक्रमलाई सम्बाेधन गर्दै मन्त्रि बुर्जामगरले बन जाेगाउन सबै लाग्नुपर्ने बताउनुभयाे । उदयपुरलाई पर्यटनकाे गन्तव्य बनाउन विशेष भुमिका गर्न मन्त्री बुर्जामगरलाई आग्रह गरिएकाे छ ।
कार्यक्रममा डिभिजन वन कार्यालयका प्रमुखहरु, करदाता सेवा कार्यालय प्रमुख, वन महासंघ र समुहका पदाधिकारीहरुकाे उपस्थिति रहेकाे थियाे ।
महासंघ उदयपुरका अध्यक्ष कुशलबाबु बस्नेतकाे अध्यक्षता र उपाध्यक्ष नवराज खड्काकाे सञ्चालनमा कार्यक्रम भएकाे थियाे ।