
पूर्णपुष्टि, गाईघाट/असार १७ गते ।
त्रियुगा नगरपालिका वडा नं ५ सिरपुर स्थित राईटोल जल उपभोक्ता सिमितिले भुमिगत सिँचाई बोरिङ योजना संञ्चालनमा ल्याएको छ । २०८१÷१२÷३० गते देखि सुरु गरेको उक्त सिचाइ योना २०८३÷४÷१६ सम्पन्न भई शनिवारदेखी संञ्चालनमा आएको हो । उक्त सिँचाईको लागि प्रदेश सांसद हिमाल कार्कीको पहलमा बजेट विनियोजन गरी काम सुरु भएको थियो । सिरपुरको उच्च वस्तीमा यस बोरिङ सिँचाईले लाभ दिएको छ । समितिको अध्यक्ष चिन बहादुर राईले योजना संञ्चालन भएपछि ६० बिगाहा जमिनमा खेती सहज भएको जनाउनुभयो । करिब ६० भन्दा बढी घरपरिवार यस सिँचाईयोजनाकामा आबद्ध भएको राईको भनाई छ ।
