
पूर्णपुष्टि, बैशाख २२ । सुनसरीको सिरुवा मेलाबाट प्रहरीले एक जनालाई नक्कली नोट सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको गढी गाउँपालिका २ घर भएका बर्ष ३८ को जमिल खातुन रहेका छन् ।
सुनसरीको ईटहरी उप–महानगरपालिका १ आपगाछी स्थितमा लागेको मेलामा जेरी किनेर एक हजार रुपैया तिर्दा पसलको मानिसले नक्कली पैसा दिएको शंका लागेर मेलामा डिउटी खटिएको प्रहरी टोलीलाई जानकारी गराएका थिए ।
घटनाको जानकारी पाएपछि मेलाको डिउटीमा खटिएको प्रहरी टोलीले खातुनलाई नियन्त्रयणमा लिएको हो । पक्राउ परेका खातुनको साथबाट प्रहरीले एक हजार को ६ थान र पाच सयको २२ थान नक्कली नोट बरामद गरेको छ । पक्राउ परेका खातुनको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
