Thursday, May 14News That Matters

सुनचाँदीको मूल्यमा गिरावट

पूर्णपुष्टि, भदौ २९ गते ।
आज बुधवार सुनचाँदीको मूल्यमा भारी गिरावट भएको छ । मंगलबारको तुलनामा आज सुनको मूल्य प्रतितोला सात सय रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १ हजार १ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला १ हजार १ सय ८५ रुपैयाँमा कारोबार भएको थियो । मंगलबारको तुलनामा आज चाँदी प्रतितोला १० रुपैयाँ घटेको हो ।