
पूर्णपुष्टि, बैशाख १८
त्रियुगा नगरपालिका ११ का लागि गठबन्धन तर्फको वडाअध्यक्ष उमम्ेदवार कालिदास राई (किसन) यति वेला जनताहरुको घरमा मत माग्न व्यस्त छ । वडाअध्यक्षको उम्मेदवार दिँदै गर्दा राईले जनताको लागि व्यक्तिगत ऐजेन्डा समेत बनाएको छ । राईले आफु अध्यक्ष भैहालेमा वाडा बाट प्राप्त कुनै पनि सरकारी सुविधा नलिने प्रतिवद्धता पनि जनाएको छ । उनले वडावाट प्राप्त हुने आफ्नो सेवा सुविधा वापतको रकम सबै वडावासीको लागि आकस्मिक कोषमा जम्मा गर्ने जनाए ।
राईले आफ्नो पार्टीगत र व्यक्तिगत ऐजेण्डा प्रस्तुत गर्दै जाँदा जनताहरुले आशलाग्दो व्यक्तीको रुपमा स्वीकार गरेको छ । आईतबार ११ नं को शिवालय टोल लगायतको वस्तीहरुमा पुगेर राईले जनता समक्ष आफ्नो लागि अमुल्य भोट मागेका थिए । राईले आफु पारिवारिक स्रोतले सक्षम रहेकाले पनि वडाको बजेट दुरुपयोगमा कुनै संका नगर्न जनताहरुलाई सुझाएको छ । खान लगाउन पुग्छ मेरो स्वार्थको लागि म अध्यक्ष बन्न खोजेको हैन् । जनताको निष्पक्ष सेवाको लागि मेरो उम्मेदवारी हो राईले भने,
उदाहरणीय वडाअध्यक्ष उम्मेदवार : आफुले पाउने सेवा सुविधा जनताको लागि आकस्मिक कोषमा जम्मा गर्ने
त्रियुगा नगरभरी रहेका १६ ओटै वडाहरुका लागि राई उदाहरणीय उम्मेदवारी सावित बनेका छन् । राईले उम्मेदवारीको क्रममा वडा बाट पाउने सरकारी सुविधा जिरो प्रतिसत पनि नलिने जनाएको छ । जनताको समस्या हल गर्न आफ्नो समेत सुविधा जनताकै निम्ति लगानी गर्ने राईको प्रतिबद्धता छ । राईले त्यस सुविधालाई जनताहरुका लागि आकस्मिक कोष खडा गरी अत्यावश्यक र समस्याको बेलामा उपयोग गर्ने जनाए । साथै त्यस सुविधाको सदुपयोग वडामा रहेका विपन्न गरीवी, जेष्ठ नागरिक र अपाङगता भएका व्यक्तिहरुको निम्ति प्रयोग गर्ने जनाए । राईले सेवा समेत नलिएर जनताकै लागि लगानी गर्ने भएपछि जनताहरुले विश्वास गरेका छन् । राई त्रियुगा नगरपालिकाको विकासप्रेमी प्रथम मेयर लालशेर राईको कान्छो भान्जा समेत हुन् । लालशेर राईको अल्पायुमै असामयीक निधन भएको थियो । राईले मामाले लालशेर राईले गर्दा गर्दै बाँकी रहेको अपुरो काम र सपनाहरु पुरा गर्ने हिसावले पनि आफु वडाअध्यक्षका लागि अगडाी बढेको जनाए ।
त्रिुगामा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी गरी दुई दल गठबन्धन रहेको छ । राई सोही गठबन्धनबाट ११ नं वडाअध्यक्षको उम्मेदवार रहेका छन् । त्रियुगामा गठबन्धन बाट मेयरमा वलदेव चौधरी समाजवादी र गिता खड्का माओवादी बाट उपमेयरमा उठेकी छिन् । त्यस्तै वडा सदस्यहरुमा खुल्ला वडा सदस्यहरुमा जित बहादुर कार्की र वल बहादुर विश्वकर्मा रहेका छन् । यस्तै गरी दलित महिला सदस्यमा सकुन्तला विश्वकर्मा रहेकी छिन् ।
फोटो फिचर



