Tuesday, April 21News That Matters

स्कुलबसले किचेर विद्यार्थीको मृत्यु, योसंग उदयपुरमा दुर्घटनामा मृत्यु हुनेको संख्या दुई पुग्यो

पूर्णपुष्टि सम्बाददाता
उदयपुर । ४ चैत्र, २०८२
उदयपुरको बेलका नगरपालिका–४ हरिपुर शिसवारीमा आफ्नै स्कुलको बसबाट खसेर एक विद्यार्थीको आज मृत्यु भएको छ । को १ ख ३५१६ नम्बरको बेलका बोर्डिङ स्कूलको बसबाट खसेर स्थानीय ९ वर्षिय विद्यार्थी सफल बस्नेतको मृत्यु भएको हो । भित्रीसडक हुदै जहडाबाट हरिपुरतर्फ जाने क्रममा गुडिरहेको स्कुलबसबाट एक्कासी खसेर बालक बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्कुलबस र चालक बेलका नपा –८ का ३४ वर्षिय प्रेम तामाङलाई नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
मृतक बालकको शब कानुनी प्रकृया पश्चात पोष्टमार्टमका लागि वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको जनाइएको छ ।
योसंगै उदयपुरमा आज दुर्घटनामा ज्यान जानेको संख्या दुई पुगेको छ । यसअघि मदनभण्डारी लोकमार्गको कटारी–गाईघाट सडकखण्डअन्तर्गत उदयपुरगढी गाउँपालिका –६ नेपालटारमा दुर्घटनामा खोटाङको बराहापोखरी गापा–५ का ३० वर्षिय भुपाल राईको मृत्यु भएको हो । गाईघाटबाट कटारीतर्फ जाँदै गरेको बागमति प्रदेश ०३–००५ प ८६०० नम्बरको मोटरसाईकललाई विपरित दिशाबाट आउदै गरेको बा ४ ख १४०९ नम्बरको टिपरले ठक्कर दिँदा मोटरसाईकल चालक राईको मृत्यु भएको हो ।