
पूर्णपुष्टि, चैत्र १ । चैत्र ५ मा हुने स्ववियु निर्वाचनका लागि नारद आदर्श शिक्षा क्याम्पस बसाहामा अखिल क्रान्तिकारीका उम्मेदवारहरुले शिक्षा र विद्यार्थी सँग सम्बन्धित प्रतिवद्धता सहित उम्मेदवारी घोषणा गरेको छ । यहाँ अखिल क्रान्तिकारीबाट अध्यक्षका लागि ज्ञानदिल राई, सचिव दिपक परियार र कोषाध्यक्षमा प्रतिक्षा मगर रहेकी छिन् । यता खुल्ला सदस्यहरुमा सरिता बिष्ट, ललिता राना मगर, देउकला राई रहेकी छिन् यस्तैगरी समानुपातिक सदस्यहरुमा सिव कुमार राई, संजोग राई, युकेश बिष्ट, संजिता भुजेल र यमुना राई रहेकी छिन् । उनिहरुले आफ्नो प्रतिवद्धता सहित उम्मेदवारी दिएका छन् ।
कस्तो छ प्रतिवद्धता ?
पाठ्य पुस्तक सहितको पुस्तकालय व्यवस्था ।
प्रविधियुक्त शिक्षणका लागि डिजिटल क्लासको व्यवस्था ।
बेलका तथा अन्य जिल्लाका विद्यार्थीको समस्यालाई मध्यनजर गर्दै छात्रावासलाई व्यवस्थित गर्ने ।
जिल्ला वाहिरका तथा दलित जेहेन्दार विपन्न र अशक्त विद्यार्थीहरुलाई छात्रावृतिको व्यवस्था ।
छात्रवृतिको लागि स्ववियु मार्फत छुट्टै अक्षयकोष निर्माणका लागि पहल । बार्षिक कार्यातालिका निर्माण गरी अतिरिक्त क्रियाकलाप नर्गे जस्ता महत्वपूर्ण प्रतिबद्धताहरु रहेका छन् ।
