Sunday, April 19News That Matters

हत्या आरोपी युवराज बगाहाबाट पक्राउ

उदयपुर, पुस ५ ।
आप्mनै कान्छो भाइ धर्मराज राईको हत्या गरी फरार भएका उदयपुरको त्रियुगा नगरपालिका–२ हाटखोलाचौकका ४२ वर्षिय युवराज राईलाई प्रहरीले त्रिनपा –४ बगाहाबाट पक्राउ गरेको छ । दिनभर लुकेर बेपत्ता उनी भोकले खानेकुरा खोज्दै पसल आउने क्रममा सुरक्षा तैनाथ प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख एसपी राजन चापागाइले बताउनुभयो । दिनभर खोजतलासमा रहेको प्रहरीले फरार आरोपित ब्यक्तिको हुलियासहित कतै देखिए खबर गर्न स्थानीयलाई सुचित गरेको थियो । त्यसै सन्दर्भमा पसल आएको खबर स्थानीयबाट पाए लगत्तै सुरक्षा तैनाथमा खटिएको प्रहरीले पक्राउ गरेको थियो । दिनभर लुकेर बेपत्ता रहेका उनी बेलुकापख मानिसको आँखा छल्ने प्रयास गर्दै पसलमा खानेकुरा खोज्न आएको बेला पक्राउ गर्न सफल भएको प्रहरी नायव उपरिक्षक केदारमान दोङले बताउनुभयो । पक्राउ पछि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखि कारवाही थालिएको उहाँले बताउनुभयो ।
बगाहामा उनको कान्छि श्रीमतीतर्फको ससुराली रहेकोले सो ठाउँलाई पनि प्रहरीले लुक्नसक्ने र आउनसक्ने ठाउँको रुपमा शंकास्पदरुपमा लिएर तैनाथी बढाएको थियो ।