Wednesday, June 17News That Matters

हलिउड अभिनेता रे स्टिभेन्सनको मृत्यु

पूर्णपुष्टि, जेठ ९ । हलिउड अभिनेता रे स्टिभेन्सनको मृत्यु भएको छ । उनको आईतबार ५८ बर्षको उमेरमा इटालीमा मृत्यु भएको हलिउड म्यागजिन डेडलाइनले जनाएको छ ।

उनी एसएस राजामौलीको भारतीय साउथ फिल्म ‘आरआरआर’ मा देखिएका थिए । स्कट बक्सटनु नामक भिलेनको भूमिका निर्वाह गरेका उनको पहिलो भारतिय फिल्म हो । उनले थोर, डाइभर्जेन्ट फिल्मसहित टिभी र एनिमेटेड सिरिजमा समेत काम गरेका छन् ।

उनको जन्म सन् १९६४ मे २५ मा लिस्बनमा भएको थियो भने उनको बुबा पाइलट थिए । फिल्म र टिभि कार्यक्रमबाट करियर सुरु गरेका उनको पहिलो फिल्म सन् १९९८ मा ‘द थ्योरी अफ फ्लाइटु हो । उनले २९ बर्षको उमेर हुँदा फिल्ममा डेब्यु गरेका थिए । उनको अन्तिम फिल्म एक्सीडेन्ट मेनः हिटमेन होलिडेु हो।