Saturday, June 6News That Matters

हात्तीले आक्रमण गर्दा एक वृद्धको ज्यान गयो

पूर्णपुष्टि, माघ १७
जङ्गगली हात्तीले आक्रमण गर्दा एक ७५ वर्षीय वृद्धको आज बिहान ज्यान गएको छ । झापाको मेचीनगर नगरपालिका–१३ का खम्बसिंह कार्कीको हात्तीको आक्रमणमा परी ज्यान गएको हो ।
बिहान ३ बजे घरको बरन्डामा रहेको धान, मकै, आलु खाँदै गरेको जङ्गली हात्ती धपाउने क्रममा आक्रमणमा परी उनी गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
घाइते कार्कीको बिर्तामोडस्थित विर्तासिटी अस्पतालमा उपचारकै क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले जानकारी दिनुभयो । कार्कीको घर चारआली बजारस्थित इलाम रोड नजिकै रहेको छ । पाँच दिन अघि मात्र दमकमा खेतमा पानी लगाउन गएका ६३ वर्षीय गणेशबहादुर अधिकारीलाई जङ्गली हात्तीले मारेको थियो ।