Wednesday, June 3News That Matters

होटलको कोठामा मृत फेला परेकी महिलाको हत्यामा संग्लग्न पक्राउ

पूर्णपुष्टि, चैत २०
सुनसरीको धरान उप–महानगरपालिका–१८ मा रहेको न्यु कान्तिपुर होटल एण्ड लजको १०९ नम्बर कोठामा यही फाल्गुन १७ गते मृत फेला परेकी महिलाको पहिचान भएसंगै उनको हत्यामा संग्लग्न १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाख्रीवास नगरपालिका–६ धनकुटाका २४ बर्षीय जिवन उपनामका बिनेश राना रहेका छन् ।

फाल्गुन १७ गते बिहान ७ बजेको समयमा होटलको कोठामा १ जना महिला मृत रहेको भनी जानकारी पाए लगत्तै इलाका प्रहरी कार्यालय धरानबाट प्रहरी टोली खटि गई घटना सम्वन्धमा अनुसन्धान शुरु गरेको थियो । तत्काल पहिचान नखुलेकी महिला मृत अवस्थामा रहेको पाए संगै पहिचान गर्ने क्रममा मिक्लाजुङ गाउँपालिका–१ पाँचथर घर भई हाल ईटहरी–५ मा बस्दै आएकी ३९ बर्षीया सुमित्रा तामाङ रहेको खुलेको थियो ।

यसरी मृतकको पहिचान खुलेसंगै उक्त घटनामा संग्लग्नको खोजतलास गर्ने क्रममा रानालाई फाल्गुन २१ गते बेलुका धनकुटाको पाख्रिवास११ बाट प्रहरीले पक्राउ गरेको हो । हत्याको आरोपमा पक्राउ परेका रानाको सम्बन्धमा इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ ।