
पूर्णपुष्टि, भदौ २० गते ।
सर्लाहीमा जुवा खेलिरहेका चार जिल्लाका १२ जुवा एकै साथ जुवा खालबाट पक्राउ परका छन् । जिल्लाको हरिवन नगरपालिका–२ स्थित छाप्रोमा कौडा खेलिरहेका उनीहरूलाई सोमबार बिहान २ बजेतिर पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा हरिवन नगरपालिका–१ बस्ने ३५ वर्षीय तेजबहादुर गोले, ५३ वर्षीय शंकर श्रेष्ठ, ३४ वर्षीय चान्द खाँ, हरिवन नगरपालिका २ बस्ने ४९ वर्षीय टिकाप्रसाद घिमिरे, ३० वर्षीय भीम लामा, ४० वर्षीय हरि पौडेल, ३४ वर्षीय मानबहादुर थिङग छन् ।
यस्तै, कोडैना गाउापालिका–२ बस्ने ५४ वर्षीय चुनीलाल चौधरी, पर्साको प्रसौनीभाठा नगरपालिका–२ बस्ने ५४ वर्षीय पानालाल प्रसाद साह, धनुषाको मिथिला बिहारी नगरपालिका–७ बस्ने ५९ वर्षीय ईश्वरी साह, महोत्तरीको बर्दिबास नगरपालिका ८ बस्ने २९ वर्षीय हिरा बहादुर श्रेष्ठ र महोत्तरीकै औरही नगरपालिका–२ बस्ने ३८ वर्षीय हरिनारायण महतोलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरुको साथबाट २ लाख ७१ हजार ६०० र भारतीय २५० रुपैयाँ, ४ थान कौडा, तास, हुक्का सानो इन्भर्टर एक थान बरामद भएको सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी विजय यादवले जानकारी दिए ।
पक्राउ परेकाहरुलाई नियन्त्रणमा राखी थप अनुसन्धान गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।
