
पूर्णपुष्टि, चैत्र २८ । त्रियुगा नगरपालिका वडा नं १५ संञ्चालित योजनाहरुको अनुगमन धमाधम भैरहेको छ । त्यस ठाउँमा निर्माण भैरहेको जनतामुखी योजनाहरु खानेपानी, सडक, भवन लगायतका निर्माण कार्यलाई वडा कार्यालय र इन्जीनियरहरुको संयुक्त टोलीले अनुगमन गरेको हो । उक्त वडामा खानेपानी अन्तरगत ट्याङकी धारा र सडक तर्फ नाली र जाली लगायतका अन्य कामहरु धमाधम भैरहेको वडाअध्यक्ष गणेश तिमिल्सीनाले जनाए । जनताहरुको अत्यावश्यक कामहरुलाई प्राथामिकतामा राखी विकास गर्ने भन्दै योजनाहरु त्यस वडामा संञ्चालीत छन् ।
