Thursday, June 4News That Matters

१६ नं वडा अध्यक्षका लागि गठबन्धन बाट जनप्रिय नेता मान वहादुर राईको नेतृत्वमा उम्मेदवारी दर्ता

पूर्णपुष्टि, बैशाख १३
त्रियुगा नगरपालिका वडा नं १६ का लागि नेकपा माओवादी केन्द्र र नेकपा एसको संयुक्त गठबन्धनबाट मान वहादुर राईको नृतृत्वमा उम्मेदवारी दर्ता भएको छ । सोमवार गाईघाट स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता भएको हो । राई पुराना तथा अनुभवी जनताको लोकप्रिय जनप्रतिनिधि नेता समेत मानिन्छ ।

त्रियुगा नगरपालिका भरीकै उत्कृष्ट मध्ये एक जनप्रतिनिधको रुपमा स्थापीत राईले पून : वडाअध्यक्षका लागि टिकट पाए सँगै मनोनयन दर्ताको काम समेत सकिएको हो । राई ७४ सालको चुनावमा पनि माओवादीको तर्फबाट जनप्रिय मतका साथ बिजयी बनेका थिए । राई सहित खुल्ला वडा सदस्यमा घमान सिंह राई, खुल्ला सदस्य राम नारायण श्रेष्ठ, खुल्ला महिला वडा सदस्य गोमा कार्की र दलित महिला सदस्यमा कुन्ती परियार सहितले उम्मेदवारी दर्ता गराएको हो ।

उम्मेदवारी राई सहितको टिम निकै मजवुद मानिएको छ । हालको राम श्रेष्ठ बाहेक यसै टिमले पहिले पनि वडामा नेतृत्व गरेका थिए । यी नेतृत्वले १६ नं वडामा अतुलनिय विकास पनि गरेको छ । राईले रात दिन नभनी जनताको सेवामा निरन्तर खटेर १६ नं वडालाई विकासमुखी बनाएको छ । उनि जनताको सेवामा फुर्तिका साथ खटेकै कारण जनताले फेरी पनि आफुलाईनै बिजयी गराउने कुरामा आफु ढुक्क रहेको जनाए ।

राईले ५ बर्षे कार्याकालमा वडालाई दुुर्गमबाट सुगम, वडाको विकास पूर्वधार, स्वास्थ्य, शिक्षा, खानेपानी, विजुली, सुरक्षा, नागरिकहरुलाई आत्मानिर्भरमुखी अनुदानको वितरण, कृषी तथा पशुपालमा जोड दिएका थिए । सँगै जेष्ठ नागरिक, महिला तथा अपाङगताहरुको सम्मान र वडावासी नागरिकहरुको सँधै चिन्तामा रहेर वडाको नेतृत्व र जनताको अबिभावक बन्न सफल राईले आउँदो कार्यकालका लागि सबै सँग भोटको अपिल समेत गर्नुभयो । राईलाई भौद्धिक, नैतिक र सक्षम वडाअध्यक्षको रुपमा समेत यहाँका जनताहरुले मानेका छन् ।