
पूर्णपुष्टि, बैशाख २२
त्रियुगा नगरपालिका १६ मा गठबन्धनले चुनावी प्रचार भव्य सम्पन्न गरेको छ । बिहिबार वडाको सुकौरामा त्रियुगाको गबन्धन तर्फका मेयर पदका उम्मेदवार बलदेव चौधरी, उपमेयरको उम्मेवदार गिता खड्का, वडाअध्यक्षका उम्मेदवार मान वहादुर राई लगायत वडा सदस्यहरुको उम्मेवदवारहरुले वडावासीको बाक्लो उपस्थितिमा चुनावी प्रचार गरेको हो । चुनावी प्रचारको क्रममा गठबन्धनको पक्षलाई समर्थन गर्दै कांग्रेस, एमाले लगायतका पार्टी परित्याग गरी माओवादी र एकीकृत समाजवादीमा प्रवेशको गर्ने हरुलाई भव्य पार्टी प्रवेश समेत गराईएको छ ।
१६ नं वडा सहित गठबन्धनको उम्मेदवारहरुले त्रियुगा नगरपालिकाको सबै वडाहरुमा आफ्नो चुनावी प्रचार सम्पन्न गरेको छ । प्रचार कार्यक्रममा बोल्दै मेयर उम्मेदवार वलदेव चौधरीले चुनावको वेला अन्य पार्टीले उठाएका विगतको कुराहरुको पछि नलाग्न आग्रह गरे । उनले चुनावलाई प्रभावित पार्न बिभिन्न पार्टीका नेता कार्यकर्ताहरुले राम्रै कामलाई पनि खराव बनाएर भाँड्ने गरेको जनाए । आफु पूर्व मेयर समेत रहेकाले ५ बर्षका कार्याकालमा कुनै पनि वडाहरुलाई बिभेद नगरी नगर बाट बजेट वितरण गरेको र योजनाहरुलाई समान्तर बनाएको जनाए ।

नगरमा ठुलो योजनाहरु ल्याउँन खोज्दा त्यस्ता व्यक्तिहरुले हावा भनिरहेको भन्दै तर त्यो कामहरुको प्रक्रिया तयारी सँगै बजेट समेत पास भैसकेको जनाए । चौधरीले भने” “रिंगरोटको कुरा गर्दा अझै पनि मान्छेहरु पत्याउँदैन् तर त्यसकाल लागि बजेट पनि पास भैसकेको चौधरीले जनाए । करमगाछी – बावरी– बेल्दोवान– जाँते– सिद्रै – हुँदै सुकौरालाई जोडेर रिंग्रोड पुरा गर्ने जनाए । उनले तत्कालै त्रियुगा नगरलाई उपमाहानगर पालिकाको रुपमा परिनत गर्ने समेत जनाए ।
१६ नं वडा वातावरणीय, उद्योग र उत्पादनको राम्रो एरिया भएकाले यसलाई त्यहि अनुसारको विकास गर्न पनि आफुले मेयर पदको उम्मेदवारी पून : दिएको जनाएको छ । चौधरीले त्यस वडामा शिक्षा, स्वास्थ्य खानेपानी, उद्योग, सडक, कृषि, युवाहरुलाई रोजगार र पर्यटन लगायतको विकासलाई अगाडी बढाउने प्रतिबद्धता समेत दिएको छ ।
यस्तै उपमेयर पदकी उम्मेदवार गिता खड्काले राष्ट्रिय आवश्यकताको एक रुप रहेको गठबन्धनलाई सबैले भोट दिएर त्रियुगाको विकासमा सहज र सहोग पुराउन १६ नं वडावासीहरुलाई अपिल गरेकी छिन् । खड्काले विकासका विद्रोहीहरुलाई भोट हालेर गल्ती नगर्न पनि सुझाईन् । कांग्रेस एमालेले जनतालाई सँधै ठग्ने र डाँट्ने बाहेक कुनै काम गर्न नसक्ने र सपनामा मात्र जनतालाई सँधै भुलाई रहने हृुँदा त्यस्तालाई नगरेको नेतृत्वमा नपुराउन समेत आग्रह गरिन् उनले गठबन्धनको सबै उम्मेदवारहरुलाई महत्वपूर्ण मत दिएर नगर तथा वडाको नेतृत्व शुनिश्चित गर्न वडावासीहरुलाइ आग्रह गरिन् ।

गठबन्धनका चुनाव प्रचार संयोजक किरण राईले नगरको विकासमा सक्षम प्रतिनिधि छान्ने अधिकार जनताहरुको रहेको जनाएको छ । उनले नगर विकासको लागि विकास प्रेमी प्रतिनिधि छान्न भन्दै एमाले र कांग्रेसलाई कुनै हिसावले भोट हाल्न नहुने जनाएको छ ।
हिजो देश बिगार्न लागेको प्रतिगामीहरुलाई भोट हाले जनतालाई खाडलमा हाल्ने राईले जनाए । ओली सरकारले आफ्नो र आसेपासेको स्वार्थको निम्ति देश र जनताको नियम विपरित गरिएको संसद विघठनलाई पुनस्थापित गर्ने गठबन्धन रहेकाले गठबन्धने मात्र विकास र जनतालाई साथ दिने भन्दै अन्य पार्टीलाई मत नदिन समेत आग्रह गरे ।

त्यस्तै वडाअध्यक्ष उम्मेदवार मान वहादुर राईले वडावासीहरु प्रति धन्यवाद व्यक्त गरे । उनले वडामा भएको विकासलाई नजिक बाट जनताले हेरेर जनप्रतिनिधिको महसुस गर्दै आफुलाई पुन अध्यक्षमा उठ्न अनुरोध गर्ने वडावासीहरु प्रति राईले धन्यवाद र सहानुभुति व्यक्त गरे । राईले आफुले गर्न सक्ने काम वाहेक जनतालाई सपना नबाँडेको र बोलेको कुराहरु पुरा गर्दै जनाताहरुको प्रिय जनप्रतिनिधि बन्न पाएकोमा आफुलाई भाग्यमानी ठानेको जनाए ।
पार्टी प्रवेश कार्यक्रम

चुनावी प्रचारको क्रममा बिभिन्न पार्टी परित्याग गरी गठबन्धनमा प्रवेश गर्नेको लहर बढेको छ । १८ नं वडामा पनि कांगे्रस र एमाले पार्टी परित्या गरी १८ जना गठबन्धनको पक्षमा माओवादी र एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेको छ । १८ नं वडामा माओवादी पार्टी र मान वहादुर राई बाहेक अन्यले विकास गर्न नसक्ने र आफुहरुलाई त्यस प्रति कति पनि विश्वास नरहेको भन्दै गठबन्धनमा रहेको पार्टीहरुमा आफुहरु आएको प्रवेशिकाहरुले जनाए । माओवादीमा १७ जना र एसमा १ जना सहित बौद्धिक व्यक्तिहरु पार्टी प्रवेश गरेको छ । नवप्रवेशीहरुलाई मेयर उम्मेदवार चौधरी, चुनाव प्रचार संयोजक राई, उपमेयर उम्मेदवार खड्का लगायतले खादा र अबिर लगायर पार्टी प्रवेश गराएका थिए ।







