
पूर्णपुष्टि, वैशाख ११ गते ।
नेपाली काङ्गेमा ४५ वर्ष सम्म राजनीति गरेका उद्धव ब. राउतले स्वास्तन्त्र उम्मेदवारी दर्ता गराएका छन् । त्रियुगा नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्षमा उनलाई पार्टीले टिकट नदिएपछि आज निर्वाचन कार्यालयमा गएर उम्मेदवारी दर्ता गराएका हुन् ।
वडा अध्यक्षका लागि वडाबाट उनको नाम सिफारीस भएको थियो । पार्टीले उनलाई टिकट नदिएर कृष्ण बुढाथोकीलाई वडाध्यक्षको उमेदवार बनाउने सुइको पाएसँगै उमेदवारी दर्ता गराएका छन । उम्मेदवारी दर्ता गर्ने क्रममा उनले भने “पार्टीको लागि जिवन त्यागे तर अहिले पार्टीले धोका दिएकोले स्वतन्त्र उम्मेदवारी दिएको हु ।” उनले वडामा लामो समय खटेकाले चुनाव जित्ने विश्वास व्यक्त गरे ।
