Sunday, May 17News That Matters

५५ हजार राशिका साथ खोटाङको खोटेहाङ गाउँपालिका सावाकटहरे अन्तर वडा स्तरी भलिवल प्रतियोगिता आजबाट सुरु

पूर्णपुष्टि, मंसिर १५
खोटाङको खोटेहाङ गाउँपालिका स्थित सावाकटहरे अन्तर वडा स्तरीय भलिवल प्रतियोगिता आजबाट हुँदैछ । खोटेहाङ गाउँपालिका वडा नं ३ सावाकटहरे खोटाङको मुख्य प्रायोजन र युवा तथा खेलकुद विकास समितिको आयोजनामा दोस्रो सावाकटहरे अन्तर वडा स्तरीय भलिवल प्रतियोगिता आज बाट सुरु भएको आयोजकले जनाएको छ ।

गाउँपालिका प्रमुख प्रदिप राईले खेलको औपचारिक उद्घाटन गर्ने भएको छ । आयोजक सहित करिब १० टिमले खेलमा सहभागी जनाउने कार्यक्रम संयोजक आभिष राईले जानकारी दिए । खेलको भव्य तयारीका साथ बुधबार बाट प्रतियोगिता भएको राईले बताए । खेल आज बाट सुरु भई १८ गते सम्म हुने भएको छ । प्रतियोगितामा प्रथम हुनेले रु ५५ हजार नगद अन्य पुरस्कारहरु समेत पाउने छ ।