Wednesday, April 22News That Matters

असोज २२ गते चुहाडेमा बृहत सांस्कृतिक कार्यक्रम तथा झाँकी प्रदर्शन हुने

पूर्णपुष्टि, १६ असोज ।
दशैँ महोललाई तार्गेट गर्दै चुहाडेमा आदिम संगम सांस्कृतिक कार्यक्रम हुने भएको छ । त्रियुगा नगरपालिका ७ चुहाडे चोकमा आदिम मिडिया ग्रुप तथा संगम समाज नेपालको आयोजनामा बृहत सांस्कृतिक कार्यक्रम हुन लागेको हो ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय कलकारहरुको साथमा मंगलबार उक्त कार्यक्रम गर्न लागिएको आयोजकले जनाएको छ । चाँडबाँडलाई लक्षित गर्दै मनोरञ्जनको माहोल बढाउन कार्यक्रमको आयोजना गर्न लागिएको हो । कार्यक्रममा ख्यातिप्राप्त कलकारहरु एलिना चौहान र उमेश राई (फुलन्देको आमा) आउने भएको छ । साथै उदयपुरका गायक विनोद दनुवारको पनि प्रस्तुती रहेको आयोजक संस्थाले जनाए । कार्यक्रममा बिभिन्न खाले जातजातिका नाच गान तथा झाँकी प्रदर्शन हुने भएको छ । यसले कार्यक्रमलाई थप सफल र राम्रो बनाउने आयोजक संस्थाको विश्वास छ । असोज २२ गते कार्यक्रममा सहभागी हुन आयोजक पक्षले आह्वान समेत गरेको छ ।