
पूर्णपुष्टि, ४ असार ।
उदयपुरको चौदण्डीगढी नगरपालिका–४ अमलचौरी गाउँमा एक किशोरी र एक युवाको शव फेला परेको छ । बुधबार एका विहानै बाटो छेवैमा लडिरहेको अवस्थामा अन्दाजी १७ वर्षीया मन्जु राईको शव फेला परेको हो भने नजिकै आँपको रुखमा झुण्डिएको अवस्थामा २८ वर्षीय रविन राईको शव फेला परेको हो ।
स्थानीयहरुका अनुसार यी दुईका बिच माया प्रेम थियो । स्थानीयहरुका अनुसार के कुन विषयामा कुरा नमिले पछि यो घटना भएको हुन सक्ने जनाए । घटनाको प्रकृति अनुसार सबैले त्यही अनुमान गरेका छन् । शव परीक्षणको लागि कानुनी प्रक्रिया भइरहेको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ । मृतक दुवै जना छिमेकी हुन् । घटनाबारे थप जानकारीहरु आउन बाँकी रहेको छ ।
